कर्मचारी घुससहित पक्राउ


 


काठमाडौँ, असोज २५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय राजापुर, बर्दियामा कार्यरत वन रक्षक सीताराम थारुलाई ३० हजार घुससहित पक्राउ गरेको छ ।

काठ निकासी छुट पुर्जीको म्याद थप गरिदिने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उहाँलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

आयोगले आजै कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ४ का वडा सचिव अयोध्या विश्वकर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

सचिव विश्वकर्माले नागरिकताको प्रमाणपत्र बनाउन सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सात हजार घुस लिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्