उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति, को–को छन् समितिमा ?


 


काठमाडौं, असोज २५
उम्मेदवार छान्न कांग्रेसले संसदीय समिति गठन गरेको छ । प्रतिनिधि सभा रप्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छान्नका लागि कांग्रेसले १७ सदस्यिय संसदीय समिति गठन गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा वुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला सहित नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य सदस्य छन् ।

त्यस्तै कोषाध्यक्ष सितादेवी यादव समितिको पदेन सदस्य छन् । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, चित्रलेखा यादव सदस्य रहेका छन् ।

आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुने प्रदेशको केन्द्रको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो कांग्रेसले असोज २७ भित्र लगाइसक्ने निर्णय गरेको छ । यो समितिले पार्टीको तर्फबाट प्रदेश र केन्द्रको उम्मेदवार टुंगो लगाउने छ ।

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्