मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छानियो


 


काठमाडौं, असोज २५
धेरैको चासो र चिन्ताकाबीच अर्जेन्टिनाले विश्वकप फुटबलका लागि रसियाको टिकट सुरक्षित गरेको छ । बुधबार बिहान भएको अन्तिम खेलमा इक्वेडरलाई ३–१ गोल अन्तरले पराजित गरी अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको हो ।

छनौटका लागि जित्नै पर्ने दबाबमा खेलेको अर्जेन्टिनालाई इक्वेडरले सुरुमै चुनौती दियो । खेलको पहिलो मिनेटमै रोमारियो इबाराको गोल मार्फत इक्वेडर खेलमा अग्रता बनाउँन सफल भयो ।

११ औ मिनेटमा गोल गर्दै मेसीले खेल बराबरीमा पुर्‍याए । मेसीले १८ औं मेनिटमा गोल गरी खेलमा अग्रता बनाए ।

पहिलो हाफमा २–१ को अग्रता बनाएको अर्जेन्टिनाका लागि तेस्रो गोल पनि ६२ औ मिनेटमा मेसीले नै गरे र ह्याट्रिक पनि गर्न सफल भए ।

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्