वाम गठबन्धनसँग डरायो कांग्रेस, चुनाव सार्ने यस्तो छ देउवाको डरलाग्दो खेल


 


काठमाडौं, असोज २४
एमाले, माओवादी लगायतका दल वाम गठबन्धन बनाएर चुनावमा होमिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव अनिश्चित पार्न सक्रिय भएका छन् ।

वाम गठबन्धनको सामना गर्न नसक्ने निकष्र्क निकाल्दै देउवाले चैत्र/वैशाख सम्म चुनाव सार्न लागि परेको स्रोतको दावी छ । चुनाव सार्ने परामर्शमा देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई शनिबार राष्ट्रपति भेट्न पठाएका थिए ।

त्यस्तै मंगलबार उनले चुनाव सार्न सल्लाह लिन आयोगका पदाधिकारीलाई भेटेका छन् । तर, आयोगले चुनाव सार्ने अप्रिय निर्णयमा नपुग्ने सरकारलाई सचेत गराएको छ ।

यसअघि पनि  संसद विघठन गरी प्रजातन्त्र राजालाई बुझाएका उनले त्यस्तै कुनै अप्रिय निर्णय लिँदैनन् भन्न सकिन्न । तर, देउवा सरकारका एक मन्त्रीले भने सरकार निर्वाचन सार्ने कुनै छलफलमा नलागेको दाबी गरेका छन् ।

माघ ७ सम्म चुनाव गर्नेपर्ने संवैधानिक बाध्यता छ । तर चुनाव अनिश्चित कालका लागि सारिदिएपछि विपक्षी पनि संसदको समय थप्न तयार हुने देउवाको बुझाइ छ ।

चुनाव सारेपछि सरकार पुनर्गठन गर्ने खतरा खेलमा देउवा लागेका छन् ।

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्