आज पनि बढ्यो सुनको भाउ, कति छ मूल्य ?


 


काठमाडौं, असोज २४
नेपाली बजारमा पहेलो धातु सुनको मूल्य आज पनि बढेको छ । आज प्रतितोल सुनको मूल्य दुई सय रुपैयाले बढेर ५६ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य ५६ हजार २ सय थियो । आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्