प्रहरीको गाडी दुर्घटनामा नौ प्रहरी घाइते


 


लहान, असोज २४
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्किदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्रक र विपरीत दिशाबाट आइरहेको बा १ ग २२१२ नंको ट्रक ठोक्किदा ट्रकमा रहेका नौ प्रहरी र तीन थुनुवा घाइते भएको जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते प्रहरीमध्ये पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए ।

दुर्घटनामा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, प्रहरी हवलदार महेन्द्र खत्वे र शम्भु कार्की, प्रहरी जवान सन्तोष न्यौपाने, प्रमोदकुमार चौधरी, भगवानलाल माझी, अनुपनारायण झा घाइते भएका छन् ।

यसैगरी दुर्घटनामा परी थुनुवा प्रेमकुमार यादव, राकेशकुमार यादव र विकास भट्टराईसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्