नेमकिपा एक्लै लड्ने


 


भक्तपुर, असोज २३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कुनै दलसँग तालमेल र एकता नगरी एक्लै चुनावी मैदानमा उत्रिने बताएका छन् ।

रफत सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्दा पनि प्रमुख उपप्रमुखको तलबसम्म तोक्न र जिल्ला तहमा पूर्ण अधिकार दिन नसकेको बताए ।

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्