काठमाडौंमा गोली चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष घाइते


 


काठमाडौं, असोज २३
काठमाडौंको बानेश्वरमा अहिले दिउँसो गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि लक्षित गरेर गोली प्रहर गरेको प्रहरीले जनाएको छ ।

घाइते गौचनलाई उपचारका लागि सिभिल हस्पिटल लगिएको छ । मोटरसाइकल चढेर आएका व्यक्तिले गोली चलाएको बताइएको छ । घटनाको विस्तृत विरण आउँन बाँकी छ ।

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्