सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो


 


काठमाडौँ, असोज २३
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरूसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि अहिले ११ बजे आकस्मिक बैठक बोलाइएको हो ।

बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने उक्त बैठकले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको बृहत् लोकतान्त्रिक गठबन्धनमा समेत अब पार्टीले सहभागिता जनाउने बताइएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्