कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, असोज २३
आज पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन प्रतितोला २ सय रुपैयाँ बढेको छ भने चाँदी पाँच रुपैया बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सात सय ६० रुपैयाँ थियो ।

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्