नवराज सिलवालको राजीनामा स्विकृत, कहाँबाट चुनावमा उठ्दैछन् ?


 


काठमाडौं, असोज २३
नेपाल प्रहरीका डिआइजी नवराज सिलवालको राजीनामा स्विकृत भएको छ । आफूभन्दा जुनियरलाई प्रहरी प्रमुख बनाएको भन्दै सिलवालले सर्वाच्चमा दायर गरेको मुद्धा हारेपछि लगत्तै उनले राजीनामा दिएका थिए ।

राजीनामा निकै लामो समयपछि स्विकृत भएको हो । सिलवालले दिएको राजीनामा पत्र गायब गर्ने काम समेत भएको थियो ।यसबिचमा सिलवाल एमालेमा प्रवेश गरिसकेका छन् ।

स्रोतका अनुसार सिलवाल मंसिरमा हुने निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । सिलवाल ललितपुरका हुन् । ललितपुर एमालेले प्रतिनिधि सभाको निर्वाचनका लागि सिलवालको नाम सिफारिस गरेको छ ।

प्रेस चौतारी नेपालका केन्द्रिय सचिव एंव ललितपुर एमालेका प्रचार विभाग प्रमुख अमृत तिमल्सिनाका अनुसार सिलवालको नाम प्रतिनिधि सभाका लागि लालितपुर १ बाट सिफारिस भएको छ ।

एमाले प्रवेश कार्यक्रममा सिलवालले आफू राजनीतिबाटै जनताको सेवा गर्ने बताएका थिए ।

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्