एमालेमा सबैको आकर्षण : चुरे भावर पार्टी पनि एमालेमा समाहित


 


काठमाडौँ, असोज २३
नेकपा (एमाले)मा चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल समाहित हुने भएको छ । सोमबार दुवै पार्टीका नेताबीच भएको छलफलमा चुरे भावर पार्टी एमालेमा समाहित हुने सहमति भएको एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

एमालेले राष्ट्रिय एकतामा देखाएको अडानका कारण चुरे भावर समाहित हुन थालेको श्रेष्ठले बताए । एमाले पार्टी कार्यालय धुम्बाराहीमा पार्टी सचिव पृथ्वीसुब्वा गुरुङ र चुरे भावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेबीच चुरे भावर एमालेमा समाहित हुने सहमति भएको हो ।

आगामी शनिबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी औपचारिक रुपमा चुरे भावर एमालेमा समाहित हुने कार्यालय सचिव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्