बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रण, कति भयो क्षति ?


 


काठमाडौँ, असोज २२
बालाजु औद्योगिक क्षेत्रभित्रको विन्दबासिनी प्लास्टिक फार्ममा लागेको आगालागी नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१६ भित्र रहेको उक्त फार्ममा आज साँझ पाँच बजेतिर बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई आगालागी भएको थियो ।

आगालागी भएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेको थियो ।

फार्मको दोस्रो तलामा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी, दुईवटा दमकल, दुईवटा पानी ट्याङ्करको सहयोगमा नियन्त्रणमा आएको वृत्तका प्रमुख नवीनकृष्ण भण्डारीले जानकारी दिए । आगालागीबाट करिब १५ लाख बराबरको क्षति भएको फार्मका सञ्चालक हृदयनारायणप्रसाद कुशवहाले बताए ।

प्रकाशित मिति: २२ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्