कांग्रेस गठबन्धनले कसरी सिट र क्षेत्र निर्धारण गर्देछ ?


 


काठमाडौं, असोज २२
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धले क्षेत्र बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई सुम्पेको छ ।

गठबन्धमा रहेको कार्यदलले शीर्ष नेताहरुलाई जिम्मेवारी दिएपछि कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलको नेतृत्वसँग छलफल गरी सहमतिमा पुग्ने बताइएको छ ।

स्रोतका अनुसार सिट बाँडफाँटमा लफडा सुरु भएपछि शीर्ष नेतालाई मिलाउने जिम्मा दिइएको हो । कार्यदलको नेतृत्व विमलेन्द्र निधिले गरेका थिए ।

देउवाले गठबन्धनका दलसँगको छलफलपछि सिट संख्या र क्षेत्र निर्धारण गर्ने बताइएको छ । गठबन्धनमा राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा प्रजातान्त्रिक छन् ।

यसबीचमा राजपा र उपेन्द्र यादव नेतृत्वको फोरमले साझा उम्मेदवार उठाउने सहमति समेत गरिसकेको छन् ।

स्रोतका अनुसार कमल थापाको राप्रपाले कांग्रेससँग २० सिट माग गरेको छ । त्यस्तै गच्छदारको फोरमले पनि २० सिटमा दाबी गरिरहेको छ ।

आसन्न चुनावमा यी गठबन्धनमा रहेका दलहरुको चुनाव चिन्ह आ–आफ्नै हुने भएको छ । तर, तालमेल भएका ठाउँमा भने यी गठबन्धनका दलले छुट्टा छुट्टै उम्मेदवार उठाउने छैनन् ।

प्रकाशित मिति: २२ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्