सुनचाँदीको भाउ बढ्यो, कति छ आज ?


 


काठमाडौं, असोज २२
साताको पहिलो दिन आज सुनको भाउ बढेको छ । आज प्रतितोला सुन चार सय रुपैयाले बढेको हो ।

आज सुन प्रतितोला ५६ हजार मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूलय ५५ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँ थियो ।

प्रकाशित मिति: २२ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्