जो, भाषण गरेरै गिनिज बुकमा नाम लेखाउने तयारीमा छन्


 


काठमाडौँ, असोज २२
भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन् ।

यहाँस्थित टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गरेको उनकी श्रीमती पारु केसीले जानकारी दिइन ।

लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उनको सोच छ । यसअघि भारत गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका थिए । उनले विभिन्न ७५ शीर्षकमा भाषण गरेको बताइएको छ ।

शनिबार दिउँसो ३ बजेसम्म केसीले ५७ घण्टा अनवरत भाषण गरी सकेको विश्वदर्शन अभियानका अध्यक्ष नारायण प्रसाद भटृराईले जानकारी दिए ।

सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा भाषण कार्यक्रमको आयोजना गरिएको छ ।

भाषणमा केसीले विभिन्न विषयमा प्रवचन दिनुहुन्छ भने एक घण्टामा पाँच मिनट विश्राम पाउनुहुन्छ । उहाँले दिनरात उभिएर भाषण गर्नुहुन्छ भने समय समयमा कुर्सीमा बसेर पनि भाषण गर्न पाउने प्रावधान छ ।

प्रकाशित मिति: २२ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्