तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल असोज २२ गते आइतबार । तद्नुसार, इश्वी संवत सन् २०१७ अक्टोबर ८ तारिख । नेपाल संवत ११३७ कौलागा । कार्तिक कृष्णपक्ष, तृर्तीया तिथि १९ः२६ बजेउप्रान्त चतुर्थी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

आम्दानी बढ्ने देखिन्छ । व्यपार व्यवसायबाट फाइदा हुनेछ । रमाइलो यात्रा होला । परिवारको साथ पाउनुहुनेछ । गरेका काममा सन्तुष्टी मिल्नेछ ।

वृष

साथीभाइले तपाइप्रति गुनासो गर्न सक्छन् । समयमै निर्णय लिनु होला नत्र सोचेको काम सफल नहुन सक्छ । नयाँ रोजगारीको सिर्जना हुने योग देखिन्छ ।

मिथुन

अरुको मन सजिलै जित्न सक्नुहुनेछ । सामाजिक प्रतिष्ठा आर्जन होला । धन सम्पति जोड्न सक्नु हुनेछ ।

कर्कट

साथीभाइसँग रमाइलो भेटघाट होला । मन प्रशन्न रहनेछ । परिवारको साथ सहयोगबाट कामहरु प्रशस्त बन्ने देखिन्छ । कृषि, अध्ययन तथा व्यपार व्यवसायबाट फाइदा हुनेछ ।

सिंह

आफन्तको साथ सहयोग रहनेछ, जसले थुप्रै कामहरु बन्न सक्छन् । साथीभाइको सहयोगबाट धेरै कामहरु हात पार्न सक्नुहुनेछ ।

कन्या

वैदेशिक यात्रा हुने देखिन्छ । नयाँ कामको जिम्मेवारी पाउन सक्नु हुनेछ । आफूले बनाएका योजनाहरु सफल हुने देखिन्छ ।

तुला

अध्ययनमा सफलता मिल्नेछ । आफ्नो क्षमताको उचित मूल्यांकन हुनेछ । आम्दानीका स्रोतहरु बढ्ने देखिन्छ ।

वृश्चिक

बिगे्रको स्वास्थ्यमा सुधार हुने देखिन्छ । बाँकी रहेका कामहरु पुरा हुने देखिन्छ । मिष्ठान्न परिकार, भोजभतेरमा सहभागी भइएला ।

धनु

नयाँ जिम्मेवारी पाउने योग छ । समाजमा मान प्रतिष्ठा आर्जन होला । पढाइ लेखाइमा प्रगति हुने देखिन्छ ।

मकर

व्यापार व्यवसायबाट मनग्य आम्दानी हुन्छ । सामाजिक क्षेत्रबाट इज्यत प्रतिष्ठा कमाउन सक्नु हुनेछ । परिवार र आफन्तको भरपुर साथ रहनेछ ।

कुम्भ

आश गरेका कामहरु बन्नेछन् । केही आर्थिक लाभ होला । अध्ययन अनुसन्धानमा रुची बढ्ला ।

मीन

खर्च बढ्ने देखिन्छ । केही महत्वपूर्ण कामहरु बन्नेछन् । मन प्रशन्न रहनेछ । पुराना अधुरा कामहरु अगाडि बढाए सफलता हात लाग्न सक्छ ।

प्रकाशित मिति: २२ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्