यस्ता छन् सप्तरीबाट सिफारिस भएका एमाले उम्मेदवार


 


राजविराज, असोज २०
नेकपा (एमाले) सप्तरीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ बाट वर्तमान सांसद ताराकान्त चौधरीलाई प्रत्यक्ष उम्मेदवार बनाउन सिफारिस गरिएको एमालेले जनाएको छ ।

चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यस्तै क्षेत्र नं ३ बाटै प्रतिनिधिसभाका लागि तीन जनाको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा रामप्रीत पासवान, जगदीश साह र इन्दुदेवी माझी रहेका छन् ।

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फ महेशप्रसाद चौधरीलाई सिफारिस गर्ने निर्णय भएको छ । तीन जनाको नाम समानुपातिकमा पठाउनुपर्नेमा अन्यले पनि दाबी गरेपछि सहमति हुन नसकेका कारण ११ जनाको नाम पठाइएको एमाले सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्