आगामी चुनावमा देउवा र ओली कहाँबाट उठ्दैछन् ?


 


काठमाडौं, असोज १९
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रूपमा उम्मेदवार बनेका छन् । त्यस्तै पूर्व पधानमन्त्री एंव नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाम झापाबाट सर्वसम्मत सिफारिस भएको छ ।

प्रधानमन्त्री देउवा २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए । ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उठ्ने भएका हुन् । ओली यसअघि झापाबाटै चुनाव जित्दै आएका छन् ।

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्