एमाले भोजपुरले उम्मेदवार सिफारिस गर्याे, को–को परे ? (सूचिसहित)


 


भोजपुर, असोज १९
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले उम्मेदवार सिफारिस गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुरबाट एमालेले तिन जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस गरेका नामहरुमा एमाले केन्द्रिय सदस्यद्वय जयन्ती राई, राजेन्द्र कुमार राई र भोजपुुर क्षेत्र नं १ का सांसद कृपासुर शेर्पा रहेका छन् । उनिहरुको नाम जिल्ला कमिटीले सिफारिस गरेको हो ।

त्यस्तै समानुपातिकतर्फ धनहर्क राई, अमर सापकोटा, तिर्थ कुमार राई,  केदारमान राई, रामशोभा राई सबिना राई, र दानबहादुर राईको नाम सिफारिस गरेको एमाले भोजपुरका अध्यक्ष प्रेमकुमार राईले देशको न्युजलाई जानकारी दिए ।

त्यस्तै प्रदेश सभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ मा प्रत्यक्षतर्फ हरिबहादुर राई, देविराम चौलागाई, बिष्णु कुमार राई, शरण कुमार राई र मक्करबहादुर खड्का सिफारिसमा परेका छन् ।

समानुपातिकतर्फ इश्वरबहादुर कार्की, ज्ञानेन्द्र कार्की, कल्पना राई, यशोदा गौतम, हरि भित्रिकोटी, शेरबहादुर श्रेष्ठ, पासङ दोर्ची शेर्पा, खड्ग पौडेल, जिवन राई र हरि न्यौपाने रहेका छन् ।

क्षेत्र नं २ मा प्रत्यक्षतर्फ एमाले पोलिटब्युरो सदस्य शेरधन राई सर्वसम्मत सिफारिस भएका छन् ।

त्यस्तै समानुपातिकतर्फ भरत तामाङ, टिका बिष्ट, घमानसिंह राई, विरजंग राई, रविन शिवा, लालबहादुर विक, दुर्गा रणपहेली, सिर्जना राई, सरिता तामाङ र बिमला थापा सिफारिस भएका हुन् ।

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्