शेरधन राई प्रदेश सभामा उठ्ने, सर्वसम्मत उम्मेदवार सिफारिस


 


भोजपुर, असोज १८
एमाले पोलिटब्युरो सदस्य एंव पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राई प्रदेश सभामा उठ्ने भएका छन् । प्रदेश नं १ को भावी मुख्य मन्त्रीको रुपमा हेरिएका र चर्चामा रहेका राई अन्ततः प्रदेश सभाको उम्मेदवार बन्न लागेका हुन् ।

आगामी मंसिर १० गते हुन लागेको पहिलो चरण अन्तरगतको निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट राई प्रदेश सभाका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन् ।

यो निर्वाचन क्षेत्रमा शेरधनले दुई पटक चुनाव जितिसकेका छन् । २०५६ सालको प्रतिनिधि सभा र २०७० सालको संविधान सभाको दोस्रो निर्वाचन शेरधनले यो क्षेत्रमा जित हासिल गरेका हुन् ।

४० वटा वडा रहेको यो क्षेत्रमा तीनवटा गाउँपालिकाको पुरै भूगोल, एउटा नगरपालिका र एक गाउँपालिकाको आधा भूगोल पर्दछ ।

प्रदेश सभाका लागि सिफारिस भएका उम्मेदवारहरु मध्ये शेरधन हेभिवेट उम्मेदवार हुन् । भोजपुरमा प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र कायम भएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्