डिभी फर्म खुल्यो, कसरी भर्ने, के–के चाहिन्छ ? (तरिका सहित)


 


काठमाडौं, असोज १८
अमेरिकाले सन् २०१९ का लागि डाइभर्सिटी भिसा (डिभी) चिट्ठाका लागि फर्म खुला गरेको छ । अमेरिकाले नेपाली समय अनुसार मंगलबार राति पौने १० बजेदेखि डिभीका लागि फर्म खुला गरेको हो ।

नेपालमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर डिभीको फर्म खुला भएको र आउँदो कात्तिक २१ गते राति पौने ११ बजेसम्म फर्म भर्न सकिने जानकारी दिएको छ । डिभीको आवेदन निशुल्क रहेको दूतावासले जनाएको छ ।

आवेदन भर्न सजिलो रहेकाले भिसा कन्सल्टेन्सीका कुरा झुट्ठा आश्वासनमा विश्वास नर्गन अमेरिकी दूतावासले अनुरोध समेत गरेको छ । यहाँ  गएर डिभी चिट्ठा कार्यक्रमका लागि अवेदन दिन सकिनेछ ।

डिभीको आवेदनका लागि के चाहिन्छ ?

  • आफू अनि श्रीमान् / श्रीमती र छोराछोरीको व्यक्तिगत विवरण
  • आफू अनि परिवारको हालसालै खिचिएको २ इन्च गुणा दुई इन्च साइजको फोटो
  • उच्च माध्यामिक परीक्षा उत्तिर्ण प्रमाणपत्र वा योग्य पेशामा दुई वर्षको कार्य अनुभव

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्