काठमाडौंको गोंगबु केन्द्र बनाएर ३.७ रेक्टर स्केलको भूकम्प


 


काठमाडौं, असोज १८
आज बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौंको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ४८७ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

चार रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् । चार रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने गरेको भट्टराईले बताए ।

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्