भोजपुर कांग्रेसले उम्मेदवार सिफारिस गर्याे, को–को छन् ?


 


भोजपुर, असोज १७
आसन्न मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस भोजपुरले उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्य समितिको बैठकले प्रत्यक्ष तथा समानुपातिक तर्फ प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधि सभा निर्वाचनका लागि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नाम पहिलो नम्बरमा कांग्रेसले सिफारिस गरेको छ । भोजपुरमा एक सिट प्रतिनिधि सभा र दुई सिट प्रदेश सभाका लागि निर्वाचन क्षेत्र कायम भएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि कार्कीको नामसँगै, कुमारी लक्ष्मी राई, बालकृष्ण थापा, धर्मराज राई र उमेशजंग रायमाझीको नाम सिफारिस गरेको कांग्रेस भोजपुरका युवा नेता एंव कोषाध्यक्ष सफल किराँतले देशको न्युजलाई जानकारी दिए ।

त्यस्तै समानुपातिकतर्फ रेणु राई, माया राई, तोरण कार्की, सितारा राई, कृष्णबहादुर खड्का, बालकृष्ण राई र केदार कार्कीको नाम सिफारिस भएको हो ।

प्रदेश सभा अन्तरगत क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नन्दमणी राई, विनोद वान्तवा, उत्तम चाँपागाइ, हेमन्त मुकारुङ र शिव खत्रीको नाम सिफारिस भएको कांग्रेस भोजपुरले जनाएको छ । त्यस्तै समानुपातिकतर्फ रोहित विश्वकर्मा, पुष्पबहादुर तामाङ, टंक पाण्डे, बालकृष्ण राई, चक्र कार्की, सालिकराम खत्री तारा भण्डारी, रुद्र किराँत र निर्मला गौतमको नाम सिफारिस भएको हो ।

क्षेत्र नं २ मा प्रत्यक्षतर्फ गोविन्दबहादुर कार्की, सफल किराँत, विश्वनाथ पराजुली, गजेन्द्रबहादुर कार्की, दिनेश घिमिरे र भरत कार्की सिफारिसमा परेका छन् ।

समानुपातिकतर्फ, नारायणबहादुर कार्की, उद्धिम राई, शिशिरा राई, अमृत राई, निर्मला खड्का, गणेश राई, दिनेश कार्की, सुरेन्द्र सुन्दास, निरबहादुर विक, शुभचन्द्र राई, खड्ग कार्की, कृति कुमारी कार्की, र राजन खतिवडा सिफारिस भएका हुन् ।

जिल्ला कार्य समितिको बैठकमा उम्मेदवारका आकांक्षी बनेका सबैको नाम केन्द्रमा सिफारिस भएको हो ।

प्रकाशित मिति: १७ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्