दशैंपछि एक हजार रुपैयाँ घट्यो सुन, कति छ आज मूल्य ?


 


काठमाडौं, असोज १७
दशैंपछि नेपाली बजारमा आजबाट सुनचाँदीको कारोबार सुरु भएको छ । नेपाली बजारमा आज आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।

सुनचाँदीको मूल्य गत असोज १० गते तोकिएको मूल्यमा कारोबार भएको थियो भने आजबाट पुनः मूल्य तोकेर कारोबार सुरु भएको हो । आज सुनको मूल्य ५६ हजार प्रतितोला तोकिएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

गत असोज १० गते ५७ हजार मूल्य थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने यसअघि ७ सय ७० रुपैयाँ थियो ।

प्रकाशित मिति: १७ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्