कांग्रेसले केन्द्र र प्रदेशका उम्मेदवार सिफारिस गर्याे, को–को परे ?


 


मलेखु, (धादिङ) असोज १७
नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशसभाका लागि हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले २ क्षेत्र भएको केन्द्रीय सभाका लागि समानुपातिक र ४ क्षेत्र भएको प्रदेशका लागि सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकी क्षेत्रीय समितिले सिफारिस गरेका सबैको नाम केन्द्रमा जिल्ला समितिले सिफारिस गरेको हो ।

केन्द्रीय संसद्का लागि क्षेत्र नं १ बाट विश्वप्रकाश अर्याल, देवप्रकाश त्रिपाठी, विदुर अकौलिया, क्षेत्र नं २ का लागि रमेश धमला, रामनाथ अधिकारी, दिलमान पाख्रिन, डा राजाराम कार्की, गंगाराम तामाङको नाम सिफारिस गरिएको छ ।

यसैगरी, प्रदेश संसद्का लागि पनि उम्मेदवार सिफारिस गरिएको छ ।

क्षेत्र नं १ का लागि अर्जुनप्रसाद उप्रेती, मधु श्रेष्ठ, बाबुकृष्ण सापकोटा, क्षेत्र नं २ का लागि खिल गिरी, कविता इटनी, बद्री अर्याल हरिभक्त त्रिपाठी, प्रभातकिरण सुवेदी, क्षेत्र नं ३ का लागि कल्पना अधिकारी, यमनाथ दनै, राकेश धमला, क्षेत्र नं ४ का लागि फणीकान्त छत्कुली, तिलक रुवाली, हरिराम बुर्लाकोटीलाई सिफारिस गरेको नेपाली काँग्रेसका खिल गिरीले जानकारी दिए ।

प्रकाशित मिति: १७ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्