केपी ओली भावी प्रधानमन्त्री
काठमाडौं, असोज १७
प्रमुख प्रतिपक्षी एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जाने रणनीति बनाएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको अगामी २५ र २६ गते बस्ने स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी मंसिर १० र २१ गते एक साथ हुन गइरहेको प्रतिनिधिशभा र प्रदेशसभाको निर्वाचनको मुल मुद्दा ‘राष्ट्रवादी आन्दोलनका नायक’ केपी शर्मा ओली भावी प्रधानमन्त्री हुने भन्दै चुनावी मुद्दा तय गर्ने भएको छ ।
यही असोज २५ र २५ गते बसने एमालेले स्थायी समितिले बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा चुनावी मैदानमा उतार्ने निर्णय गर्ने भएको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरी निर्वाचनमा जाने रणनीतिमा आफ्नो पार्टी रहेको जानकारी दिएको आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ । आगामी २५ र २६ गते बस्ने स्थायी समिति बैठकले यसबारे निर्ण गर्छ, सचिव ज्ञवालीले भने ।,
प्रकाशित मिति: १७ आश्विन २०७४, मंगलबार