श्रीमतीले बचाइन् रुखमा झुण्डिन गएका श्रीमानको ज्यान


 


कञ्चनपुर, असोज १६
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ७ झण्डाबोझका ३५ वर्षीय वीरबहादुर चौधरीको ज्यान उनका आफ्नै श्रीमतीले बचाएकी छिन् । घरायसी विवादका कारण आत्महत्या गर्न रुखमा झुण्डिन गएका चौधरीको ज्यान उनकै श्रीमतीले बचाएकी हुन् ।

रुखमा झुण्डिएका बेला श्रीमतीले थाहा पाई घाँटीमा बाँधेको चुन्नी काटेर आज उनको ज्यान जोगाएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।

आत्महत्या गर्न खोज्ने चौधरीको अवस्था गम्भीर रहेको छ । उनको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको जनाएको छ

प्रकाशित मिति: १६ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्