राजपाबाट हृदयेश त्रिपाठी लगायतको बिद्रोह, सूर्य चिह्न लिएर चुनावमा उठ्ने


 


काठमाडौँ, असोज १६
नेकपा (एमाले) र राजपाबाट विद्रोह गरेर आएका (स्वतन्त्र राजनीतिक समूह) का बीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ ।

स्वतन्त्र राजनीतिक समूहमा राजपाका नेता छन् । उनहिरुले राजपामा विद्रोह गरेर एमालेको चुनाव चिन्ह लिएर चुनावमा उठ्न लागेका हु्न् ।

स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ, स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुनेछन्”, आज जारी विज्ञप्तिमा भनिएको छ, “ तराई–मधेशसमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु साझा जिम्मेवारी हुनेछ ।”

विज्ञप्तिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल तथा समूहका तर्फबाट राजपाका नेता हृदयेश त्रिपाठी (नवलपरासी), विके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु) र जगदीश शुक्ला (बाँके) ले हस्ताक्षर गरेका छन् ।

दुवै पक्ष संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकतानुसार संविधान परिमार्जन र विकास गर्दै जान, तराई–मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न तथा सम्पूर्ण नेपालीको सुखी र समृद्धि जीवनका लागि सहकार्य गर्न सहमत भएका छन् । त्रिपाठी लगायतका नेता चुनावपछि एमालेमा प्रवेश गर्ने बताइएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्