भैंसी पूजा गर्ने प्रचण्डका निधारमा दशैंको टिका, कसले लगाइदियो ? (हेर्नुहोस् फोटो फिचर)


 


काठमाडौँ, असोज १४
विजया दशमीमा पूव प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चर्चामा आएका छन् । आज उनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

खासगरी दशैंको टीका लगाउँदै गरेको तस्बिर पुत्र प्रकाशले सामाजिक सञ्जालमा पोष्ट गरेसँगै दाहाल हटकेक बनेका हुन् । दाहाल यसअघि दशैं मनाउँदैन थिए । करिब २० बर्षपछि दाहालले दशैंको टीका लगाएको बताइएको छ ।

विजयादशमीको अवसरमा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले धर्मपत्नी सीता दाहालका मामासँग टीका ग्रहण गरेका हुन् । त्यसपछि मात्रै पूर्वप्रधानमन्त्री दाहालले धर्मपत्नी सीता र छोरा बुहारीलाई टीका लगाइदिएका थिए ।

केही बर्ष अघि प्रचण्डले ग्रहशान्ति गर्नका लागि सुनसरी पुगेर भैंसीको पूजा गरेका थिए ।

तस्बिर : प्रकाश दाहालको फेसबुक

प्रकाशित मिति: १४ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्