प्रधानमन्त्री देउवाको दशैं टीका कस्तो भयो ?


 


काठमाडौँ, असोज १४
प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उनले टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गरेका छन् । दिउँसो २ बजे राष्ट्रपति भण्डारीको हातबाट टीका ग्रहण गरेपछि मात्र प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिएका थिए ।

प्रधानमन्त्रीको हातबाट सर्वसाधारणले दिउँसो ४ बजेपछि लगाएका थिए ।

प्रकाशित मिति: १४ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्