प्रहरी कार्यालयमै यौनधन्दा, यौन सम्पर्क गर्दागर्दे प्रहरी प्रकाउ !


 


रौतहट, असोज १४
सुन्दा अचम्म लाग्छ । प्रहरी कार्यालयमै यौनधन्दा ! त्यो पनि कार्यालयबाटै रंगेहात प्रकाउ । हो, रौतहटको इलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको पाइएकाे छ ।

प्रहरी स्वयंम यस्तो गतिविधिमा लागेको भन्दै स्थानीय थप आक्रोशित बनेका छन् । इलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले यौनधन्दामा संलग्न एक महिलालाई कार्यालयको कक्षमा नै यौन सम्पर्क राख्दै गरेको अवस्थामा स्थानीयले प्रक्राउ गरेका छन् ।

ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको पोसाकमै शारिरीक सम्पर्कमा भेटिएकाले कारबाहीको माग राख्दै प्रहरी कार्यालय दुई घण्टा घेराउ गरेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादब ढकालले प्हरी जवान सहित महिलालाई हिरासतमा लिएको जानकारी दिए ।

प्रकाशित मिति: १४ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्