काठमाडौंमा नेपाली सेनाको निःशुल्क बस कहाँ–कहाँ चल्दैछ ? (हेर्नुहोस रुट)


 


काठमाडौं, असोज १४
आज विजया दशमी अर्थात टीकाको दिन । काठमाडौंका सडकमा फूलपाति देखि नै सार्वजनिक यातायात कम गुड्ने गर्दछन् भने सडक पनि सुनसान नै देखिन्छ ।

धेरै मानिस दशैं मनाउन गाउँ गएका कारण यतिबेला राजधानी सुनसान बनेको छ । यस्तो बेला काठमाडौंमा आफ्नो सवारी साधन नहुने सर्वसाधारणलाई समस्या हुने गरेको छ ।

यही समस्यालाई ध्यान दिएर नेपाली सेनाले निःशुल्ल्क बस चलाउने गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आज बिहान ६ बजे र ११ बजे साथै दिउँसो ४ बजे बस चल्नेछन् ।

कहाँ–कहाँ चल्छन् बस ?

पहिलो रुट : भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

दोस्रो रुट : भद्रकाली, जमल, लैनचौर, महाराजगन्ज चोक, बुढानीलकण्ठ, बालाजु, सोह्खुट्टे, कान्तिपथ, माइतीघर ।

तेस्रो रुट : भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहचल, टेकु थापाथली ।

चौथो रुट : भद्रकालीबाट माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ हुँदै भद्रकालीसम्म ।

पाँचौ रुट : भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटोबाट पुनः तीनकुने, बानेश्वर हुँदै शहीदगेटसम्म ।

छैठौं रुट : भद्रकालीबाट, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने हुँदै भद्रकालीसम्म ।

सातौ रुट : भद्रकालीबाट, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर हुँदै भद्रकालीसम्म ।

आठौं रुट : भद्रकालीबाट, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तिनकुने, हुदै भद्रकाली ।

प्रकाशित मिति: १४ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्