दशैंको बिदामा कुन–कुन बैंक खुलेका छन् ?


 


काठमाडौं, असोज १३
दशैंको बिदामा पनि बैंकहरु खुलेका छन् । सर्वसाधारणको सुविधालाई ध्यान दिएर राष्ट्र बैंकले दशैंको बिदामा पनि बैंक तथा वित्तिय संस्था खुलाउन निर्देशन दिएपछि बैंकहरु खुलेका हुन् ।

जसअनुसार बुधबार फूलपातीका दिनदेखी नै बैंकहरु खुल्ला भएका हुन् । हिजो महाअष्टमीका दिन पनि बैंकहरु खुलेका थिए । सार्वजनिक बिदा रहेको १५ र १६ गते पनि बैंकहरु खुल्ने भएका छन् ।

दसैँमा सानिमा बैंकले बिहान ११ बजेदेखि २ बजेसम्म सेवा दिने भएको छ । बंगलादेश बैंकले देशभरिकै शाखा ११ बजेदेखि १ बजेसम्म खोल्ने तयारी गरेको छ ।

मेगा, सानिमा, एनआर्इसी एसिया, प्रभु, एभरेष्ट, सिटिजन, नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकले निश्चित अवधिभर निश्चित शाखाबाट ग्राहकलार्इ सेवा दिने कार्य तालिका बनाएका छन् ।

१३ गते महानवमी र १४ गते विजयादशीको दिन मात्र बैंक तथा वित्तीय संस्था बन्द हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्