इटहरीमा आगलागी, ४० लाख बढीको क्षति


 


इटहरी, असोज १२
इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा ४० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ । गए राती बिहानीपख भएको आगलागी हुँदा तीन वटा घरमा रहेका सो मूल्य बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरी चौकी तरहराका प्रहरी नायब निरीक्षक पहल कट्वालका अनुसार दीपक गुप्ताको पसलसमेत रहेको घरबाट शुरु भएको आगलागीमा परेर गुप्ताको घरसँगै जोडिएको सुमन गिरी र चक्रबहादुर राईको घरमासमेत नोक्सानी पुगेको छ ।

फलफूल पसल भएको स्थानमा बालेको बत्तीबाट आगो लागेको हुन सक्ने आशंका गरिएको छ । आगलागीमा सबैभन्दा बढी गुप्ताको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

इटहरी, धरान र इनरुवाबाट आएको बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी समेतको सक्रियतमा दुई घण्टापछि आगो नियन्त्रण लिएको थियो ।

प्रकाशित मिति: १२ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्