माओवादी केन्द्र भोजपुरले उम्मेदवार सिफारिस गर्याे, को–को छन् ?


 


काठमाडौं, असोज १२
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र भोजपुरले उम्मेदवार सिफारिस गरेको छ ।

जिल्ला कमिटीले सिफारिस गरेको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरेको माओवादी केन्द्र भोजपुरले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि रमेश ओझाको नाम माओवादीले सिफारिस गरेको हो । ओझा जिल्लाको राजनीतिमा परिचित नाम होइन । त्यस्तै प्रतिनिधि सभाको लागि समानुपातिकतर्फ गणेश प्रधान (शिव), हिमालधन राई र दुर्गा राईलाई सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ को प्रत्यक्षतर्फ राजेश खतिवडा, दिलकुमार राई र जगबिर रार्इको नाम माओवादी केन्द्रले सिफारिस गरेको छ । समानुपातिकतर्फ धर्म किराँती, अमृता राई (आशा) र बबिन्द्र रसाइलीको नाम सिफारिस भएको छ ।

त्यस्तै प्रदेशसभाको लागि क्षेत्र नं २ मा प्रत्यक्षतर्फ सुदन किराँती र नगेन्द्र भुजेलको नाम सिफारिसमा परेको छ । समानुपातिकतर्फ टिकाराम प्रधान (भिष्म), सुनिता किराँती र दोर्ची शेर्पाको नाम सिफारिस गरेको माओवादी केन्द्र भोजपुरले जनाएको छ ।

भोजपुरमा प्रतिनिधिसभाका लागि एक र प्रदेशसभा निर्वाचनका लागि दुई क्षेत्र कायम भएको छ । उम्मेदवार सिफारिसका लागि कांग्रेस, एमाले लगायतका दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् ।

प्रकाशित मिति: १२ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्