बाराको कलैया उपमहानगरपालिकामा कांग्रेस विजयी


 


कलैया, असोज ११
बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका राजेश यादवले १० हजार ९ सय ३ मत ल्याएर मेयरमा विजयी भए भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका बिनोद साहले १० हजार ७ सय १६ मत प्राप्त गरे ।

उपमेयरमा पनि कांग्रेसका रहिमा खातुनले १० हजार ५ सय ३८ मत ल्याएर विजयी भइन। उनकी प्रतिद्वन्दी एमालेका प्रतिमा यादवले १० हजार ३ सय ७२ मत ल्याइन ।

अब प्रदेश नं २ मा दुइवटा स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ । १३६ तहमध्ये १३४ को अन्तिम परिणाम प्राप्त भएको छ भने वीरगन्ज महानगरपालिका र राजविराज नगरपालिकामा मतगणना भइरहेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्