वीरगन्जबाट आयो यस्तो परिणाम, कस्को मत कति ?


 


वीरगन्ज, असोज १०

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।

८४ हजार भन्दा बढी मत खसेकोमा ७३ हजार ७२ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको हो ।

मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ ।

संघीय समाजवादी फोरम नेपाल

मेयर विजयी सरावगी १६८४१

उपमेयर पिंकी यादव १५९७६

नेपाली कांग्रेस

मेयर अजयकुमार द्विवेदी १५५४०

उपमेयर शान्ति कार्की १७९०५

राजपा

मेयर राजेशमान सिंह १००८१

उपमेयर रम्भा मिश्र ८८७५

माओवादी केन्द्र

मेयर रहबर अन्सारी ७६२१

उपमेयर दुर्गा क्षेत्री ४६४३

नेकपा एमाले

मेयर बसुरुद्दिन अन्सारी ७६१३

उपमेयर सोफिया आचार्य ९१८९

फोरम लोकतान्त्रिक

मेयर विमल श्रीवास्तव ७०१०१

उपमेयर रींकू यादव ६०८८

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्