पाँच लाख घुस लिदा लिदै दुई प्रहरी प्रकाउ


 


काठमाडौं, असोज १०

महानगरीय प्रहरी वृत्त बालाजुबाट दुई जना प्रहरीसहित तीन जना पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र बालसुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाह तथा आफूलाई प्रहरी भन्ने विनोद थापालाई अख्तियार दुरुपयोग आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीसँग दसैँ खर्चका लागि भन्दै घुस मागेको अख्तियारको दाबी छ ।

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्