सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने


 


काठमाडौँ, असोज १०

बडादशैं २०७४ को अवसरमा यही असोज १४ गते शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट तथा सर्वसाधारणलाई टीका लगाइ दिनुहुने भएको छ ।

आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न २ बजेदेखि ३ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपराह्न ३ बजेदेखि साँझसम्म टीका लगाइने कार्यक्रम रहेको जनाएको छ ।

कार्यालयका अनुसार सो दिन शीतलनिवासको गेट नं. १ को ढोका खुला रहनेछ ।

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्