प्रदेश नं ३ को मुख्य मन्त्रीमा गगनको दाबी, कांग्रेसले पत्याउला ?


 


चितवन, असोज १०
नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले ३ नं प्रदेशको मुख्य मन्त्रीका लागि आफ्नो दाबी रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भने पार्टीले जिम्मेवारी दिए आफ्नो मुख्यमन्त्री बनेर प्रदेश बनाउने इच्छा छ ।

थापा भन्छन्“प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको छ ।” ‘स्पष्ट बहुमत कुनै पार्टीको नआउने भएकाले’तालमेलमा जानसक्ने भए पनि छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

एक फरक प्रसंगमा पूर्वस्वास्थ्यमन्त्री थापाले चिकित्सकले कामै रोकेर आन्दोलन गर्नु राम्रो नरहेको बताए । आन्दोलनका स्वरुप अरु पनि हुन सक्ने बताउँदै उनले भने संवादबाट समस्याको समाधान निकाल्न सकिन्छ ।

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्