वीरगन्ज अपडेट : विजयलाई पछ्याउँदै अजय


 


वीरगन्ज, असोज १०
प्रदेश नं २ को एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको मतगण्ना जारी छ । अहिलेसम्म ७१ हजार २ सय ९३ मत गणना भइसकेको छ ।

पछिल्लो मतपरिणाम अनुसार फोरम नेपालका उम्मेदवारले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् भने कांग्रेस उम्मेदवार पछ्याइरहेका छन् ।

फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगीले १६ हजार ३ सय ४९ मत ल्याएका छन् भने उनलाई कांग्रेस उम्मेदवार अजय द्विवेदीले १५ हजार १०४ मत ल्याउँदै पछ्याइरहेका हुन् । उपमेयरमा भने कांग्रेस उम्मेदवार जितको नजिक पुगेकी छन् ।

कांग्रेस उपमेयर उम्मेदवार शान्ति कार्कीले १७ हजार ४ सय ६२ मत ल्याएकी छिन् भने फोरमकी पिङ्की यादवले १५ हजार ५८० मत ल्याएकी हुन् ।

कस्को मत कति ? राजनीतिक दल मेयर उपमेयर

फोरम नेपाल विजय सरावगी १६३४९ पिङ्की यादव १५५८०

नेपाली काँग्रेस अजय द्विवेदी १५१०४ शान्ति कार्की १७४६२

राजपा राजेशमान सिंह ९९४२ रम्भा मिश्र ८६९१

एमाले बसरुद्धिन अन्सारी ७५२० सोफिया आचार्य ९०८०

माओवादी रहबर अन्सारी ७४९४ दुर्गा क्षेत्री ४५८२

फोरम लोकतान्त्रिक विमल श्रीवास्तव ६०३८ रींकू यादव ५०३२

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्