पोखराको सेती नदी खोँचमा खसेका युवकको उद्धार


 


पोखरा, असोज १०

पोखराको पृथ्वीचोकस्थित सेती नदीको खोँचमा खसेका एक युवकलाई प्रहरीले तीन घण्टाको प्रयासबाट सफल उद्धार गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका–९ पृथ्वीचोक बसपार्कस्थित कृष्ण टोल बस्ने २२ वर्षीय मनोज सुनार सेती नदीको खोँचमा सतहदेखि अन्दाजी ७०÷७५ मिटर तल बीच भागमा अड्किएको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको हो ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर पल्लीमगरका अनुसार युवक खसेको खबर पाउनासाथ उद्धार टोलीले जोखिमपूर्ण खाँेचमा फसी घाइते अवस्थामा रहेका युवकलाई सफलतापूर्ण उद्धार गरिएको हो ।

बिहान ७ बजेदेखि तीन घण्टाको प्रयासमा उद्धार गरिएका घाइते युवकलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा पठाइएको छ । क्षेत्रीय प्रहरी गण, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले सो युवकको उद्धार गरेको हो ।

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्