अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सम्पत्ति कति ?


 


काठमाडौं, असोज ९
प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । उनिहरुले आइतबार सम्पत्ति विवरण बुझाएका हुन् । निकै लामो समयपछि उनिहरुले सम्पत्ति विवरण बुझाएका हुन् ।

देशकै ढुकुटीको जिम्मा पाएका अर्थमन्त्रीको सम्पत्ति कति होला ? प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको विवरण अनुसार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको दुइवटा घर छन् । एउटा भोजपुर देउरालीका रहेको घर छ भने एउटा काठमाडौं हात्तिगौडास्थित खड्का भद्रकाली टोलमा छ ।

भोजपुरको साविक देउराली गाविस हाल षडानन्द नगरपालिका–११ गैरीगाउँमा तीन तले घर छ भने १७ रोपनी बढी जग्गा छ, जुन पैत्रिक सम्पतिको रुपमा कार्कीले उल्लेख गरेका छन् । त्यस्तै हात्तिगौडास्थित खड्का भद्रकाली टोलमा एक रोपनी क्षेत्रमा घर छ भने यो सम्पत्ति श्रीमतीका नामबाट नामसारी भएको मन्त्री कार्कीले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

बर्दियामा अर्थमन्त्री कार्कीको स्वर्गिय श्रीमति अम्बु राणाको नाममा १० विगाहा जमिन रहेको छ । जुन जगगा श्रीमतिको नाममा रहेको र श्रीमतिको माइतीबाट प्राप्त भएको उल्लेख छ ।

कार्कीको तीनवटा बैंकमा खाता छ भने ५ लाख ६५ हजार बैंकमा नगद रहेको उल्लेख गरेका छन् । त्यस्तै भाइलाई २१ लाख नगद सापटी दिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

काठमाडौंको जोरपाटीस्थित नामी कलेजमा १० लाख ५० हजारको सेयर रहेका कार्कीसँग ३० तोला सुन, २५० तोला चाँदी र दुइसेट हिराको गहना छ । त्यस्तै सवारी साधनमा एउटा स्कुटर रहेको अर्थमन्त्री कार्कीले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्