शिशु मारेर फाल्ने अामा प्रकाउ


 


सोलुखुम्बु, साउन १५

अाफैले जन्माएको नवजात शिशु  मारेर फाल्ने सोलुखुम्बुको सोताङ–९ बस्ने २७ वर्षीया कमला वि.क.लाई प्रहरीले पक्राउ गरेको छ। विवाहित वि.क.ले साउन १० गते बिहान घर छेउको बारीमा छोरी जन्माई मारेर सोही ठाउँको लबुवा भिरमा लगेर फालेकी थिइन्।

सो घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले विहिबार उनलाई पक्राउ गरेको हो। शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।

प्रकाशित मिति: १५ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्