दशैको मुखमा, असइ साब किन झुन्डिए ?


 


आठराई, तेह्रथुम, ८ असोज
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

४१ वर्षीय गुरुङ असोज ५ गते बिदामा घर गएका थिए । एक महिनाअघिमात्र सक्रान्तिबजार सरुवा भई आएका गुरुङ दशैँका लागि लिपपोत गर्न भनी घरमा बिदामा बसेको सुरक्षा बेस क्याम्प आठराई सक्रान्तिबजारका सशस्त्र प्रहरी निरीक्षक सानुकान्छा तुवानावासुले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: ८ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्