वीरगंज महानगरपालिकामा कांग्रेस र फोरमबीच कडा टक्कर, कस्को मत कति ?


 


काठमाडौं, असोज ७
प्रदेश नं २ को एकमात्र महानगर वीरगंज महानगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार अजय द्विवेदीले ८६८८ मत ल्याएका छन् भने फोरमका विजय सरावगीले ८६०९ मत पाएका छन् । कांग्रेस र फोरमको यो मतको अन्तर मात्र  ७९ हो ।

सुरुमा राजपाले अग्रता लिएको वीरगन्जमा यतिबेला कांग्रेस र फोरमबीच चर्काे प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्