महागढीमाई नगरपालिकामा काँग्रेस विजयी


 


कलैया, असोज ७
महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार काँग्रेसका उपन यादवले पाँच हजार ७६५ मत ल्याई विजयी भएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शरदाशंकर जैसवाले पाँच हजार २७५ मत ल्याए ।

उपप्रमुखमा पनि काँग्रेसकै तारादेवी गुप्ताले पाँच हजार ३७५ मत प्राप्त गरी विजयी भइन भने प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका उमाराउती देवी बरैइले चार हजार ५२२ मत ल्याइन ।

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्