महदेवा गापामा संघीय फोरम नेपाल विजयी


 


राजविराज, असोज ७

सप्तरीको महादेवा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रमुख तथा उपप्रमुख पदमा विजयी भएका छन् । संघीय समाजवादी फोरम नेपालका टुटु भनिने दीपककुमार यादवले तीन हजार ९१ मत ल्याएर सो गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका सुनिल मण्डलले दुई हजार ९१९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, संघीय फोरम नेपालकै ममता कुमारी यादव दुई हजार ७४९ मत प्राप्त गरी उपप्रमुखमा विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अर्चना कुमारी यादवले दुई हजार ५१२ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्