कुन जिल्लाको कति नतिजा आयो, कति आउन बाँकी ? (सूचिसहित)


 


काठमाडौं, असोज ७
प्रदेश नं २ मा रहेका १३६ स्थानीय तहमध्ये १०५ वटाको परिणाम आइसकेको छ भने अब मात्र ३१ स्थानीय तहको बाँकी छ । प्रदेश नं २ मा आठ वटा जिल्ला छन् ।

धनुषा

१८ वटा स्थानीय तह रहेको धनुषा जिल्लामा १६ वटाको अन्तिम परिणाम आएको छ भने अब जनकपुर उप महानगरपालिका र सबैला नगरपालिका गरी दुइवटा स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।

पर्सा

१४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा ८ वटाको अन्तिम परिणाम आएको छ भने अब छ वटा स्थानीय तहको नतिजा आउन बाँकी छ । यहाँ प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगंज महानगरपालिका समेत रहेको छ । त्यस्तै जिराभवानी गाउँपालिका, धोबीनी गाउँपालिका, पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका,र सखुवा प्रसौनी गाउँपालिका रहेका छन् ।

बारा

१६ वटा स्थानीय तह रहेको बारा जिल्लामा ९ वटा स्थानीय तहको नतिजा आएको छ भने ७ वटा स्थानीय तहको नतिजा आउन अझै बाँकी छ ।
महोत्तरी

१५ स्थानीय तह रहेको महोत्तरीमा ११ वटाको नतिजा घोषणा भएको छ भने अब चार वटा तहको बाँकी छ ।

रौतहट

१८ तह रहेको रौतहटमा १६ वटाको आएको छ भने २ वटा स्थानीय निकायको परिणाम आउन बाँकी छ ।

सप्तरी

१८ तह रहेको सप्तरीमा १४ वटाको नतिजा आएको छ भने अब चारवटाको मतगणना धमाधम भइरहेको छ ।

सर्लाही

प्रदेश नं २ मा सबैभन्दा धेरै स्थानीय तह रहेको सर्लाही जिल्लाको २० वटा स्थानीय तहमध्ये १५ वटाको परिणाम आएको छ भने अब ५ वटा तहको परिणाम आउने तयारीमा छ ।

सिराहा

१७ स्थानीय तहमध्ये १६ वटाको अन्तिम नतिजा सिराहामा आइसकेको छ भने बाँकी एउटाको अन्तिम परिणाम आउने क्रममा छ ।

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्